
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षकोे अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको खुद नाफा र खुद ब्याज आम्दानी दुबै घटेको छ ।
राष्ट्रिय बाणिज्य बैंकको नाफा ४ अर्ब ४५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यद्यपि यो नाफा बैंकले आव २०७५÷७६ मा आर्जन गरेको भन्दा ५९ करोड अर्थात ११.७० प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको हो ।
बैंकको वितरण योग्य नाफा भने एक अर्ब ३ करोड रुपैयाँ रहेको छ । बैंकले दुई खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ५० अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गरेको देखिन्छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६३ करोड २९ लाख रुपैयाँ घटेर ९ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ४३ करोड ७० लाख रुपैयाँ घटेर ६ अर्ब ३ करोड रुपैयाँमा सीमित भएको छ ।
बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ३१ रुपैयाँ आर्जन गरेको छ । ९ अर्ब चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ८ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी ४९.४५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस