काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६।६२ प्रतिशत अर्थात १० करोड ५२ लाख रुपैयाँ कम हो।
बैंकले अघिल्लो आर्थिक वर्षको यहि अवधिमा १ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यस अवधिसम्ममा बैंकले ३ अर्ब ४१ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा २४ करोड २३ लाख रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा बैंकले ३ अर्ब १६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब २९ करोड रुपैयाँ रहेको सञ्चालन मुनाफा करिब १५ करोडले घटेर २ अर्ब १४ करोडमा सीमित भएको छ।
असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा एक अर्ब १२ करोड रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा २ अर्ब ५४ करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब ६० करोड रूपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस