aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

मेगाको पनि नाफा घट्यो, अन्य सूचक पनि प्रभावित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० साउन २०७७
मेगाको पनि नाफा घट्यो, अन्य सूचक पनि प्रभावित

काठमाडौं ।  अन्य बैंकको जस्तै मेगा बैंकको पनि नाफा घटेको छ । अन्य बैंकहरूको नाफा २० –२२ प्रतिशतले घटेपनि मेगाको नाफामा भने सामान्य गिरावट आएको हो । बैंकले आज शुक्रबार सार्वजनिक गरको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन छ । यो गत अघिल्लो आर्थिक वर्षको तुलनामा १० करोड ९० लाख रुपैयाँले कम हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कोरोनाको कारण बैंकले प्रभाव गरेको कर्जाको बैंकको किस्ता उठ्न नसक्दा नाफा प्रभावित भएको बैंकले जनाएको छ । बैंकको किस्ता असुली गर्न नसक्दा ठूलै रकम रेगुलेटरी रिजर्भमा राख्नु परेको छ । सो कारणले गर्दा बैंकको वितरणयोग्य नाफा अझै कम छ । कोभिडका कारण कर्मचारी खर्च बढ्न जाँदा यसको असर नाफाम परेको हो । यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड रुपैयाँ छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ४ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो आम्दानी ३ अर्ब ७९ करोड रुपैयाँ थियो । बैंकको सञ्चालन मुनाफा भने २ अर्ब ३३ करोड रुपैयाँबाट घटेर २ अर्ब १५ करोड रुपैयाँमा झरेको छ । 
बैंकको कर्मचारी खर्च १ अर्ब १५ करोड रुपैयाँबाट बढेर १ अर्ब २५ करोड पुगेको छ भने अन्य सञ्चालन आम्दानी ६२ करोड ९१ लख रुपैयाँबाट बढेर ६६ करोड ५६ लाख रुपैयाँ पुगेको छ । 

बैंकको चुक्ता पुँजी १० अर्ब ३६ करोड रुपैयाँबाट बढेर १३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष १३ अर्ब ५१ करोड रुपैयाँबाट बढेर १७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी केही बढेको छ भने सञ्चालन नाफा घटेको छ । त्यस्तै, खराब कर्जा पनि केहि बढेको छ ।


 

प्रतिक्रिया दिनुहोस