aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कोरोना महामारीबिच पनि सेञ्चुरी बैंकको नाफा ३४ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० साउन २०७७
कोरोना महामारीबिच पनि सेञ्चुरी बैंकको नाफा ३४ प्रतिशतले बढ्यो

काठमाडौं । कोरोना महामारीका बीच पनि सेञ्चुरी कमर्सियल बैंकको नाफा ३४.३२ प्रतिशतले वृद्धि भएको छ । बैंकले आफ्नो नाफा २३ करोड रुपैयाँले बढाएर ९० करोड पुर्याएको हो । बैंकले आर्थिक वर्ष २०७५/७६ मा जम्मा ६७ करोड रुपैयाँ मात्रै नाफा आर्जन गर्न सकेको थियो । 

बैंकले गत आवमा वितरण योग्य नाफाको आँकडा ४० करोड रुपैयाँको बनाएको छ । बैंकले ६५ अर्ब निक्षेप संकलन गरेर ५८ अर्ब कर्जा लगानी गर्दा दुई अर्ब ८६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । ८ अर्ब ४१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सेञ्चुरीको जगेडा कोषमा एक अर्ब ५३ करोड रुपैयाँ छ । 

बैंकको प्रति सेयर आम्दानी १०.७७ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १२६.७६ रुपैयाँ रहेको छ । स्प्रेड दर ३.३८ प्रतिशत रहेको बैंकको आधार ब्याजदर ९.३८ प्रतिशत छ भने सीडी रेसियो ७५.२८ प्रतिशत छ । खराब कर्जा २.२१ प्रतिशत रहँदा कस्ट अफ फण्ड भने ६.९४ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस