aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

एनसीसी बैंकको नाफा बढेर ११३ करोड पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० साउन २०७७
एनसीसी बैंकको नाफा बढेर ११३ करोड पुग्यो

काठमाडौं । एनसीसी बैंकको नाफा बढेर एक अर्ब १३ करोड रुपैयाँ पुगेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा जम्मा एक अर्ब २ करोड आर्जन गरेको थियो भने गत आव २०७६/७७ मा बढाएर एक अर्ब १३ करोड पुर्याएको हो । 

एनसीसीको वितरण योग्य नाफा भने ६९ करोड रुपैयाँ रहेको छ । गत आवमा बैंकले ७३ अर्ब निक्षेप संकलन गरेर ६५ अर्ब कर्जा लगानी गरेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी तीन अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । जबकी आव २०७५/७५ मा त्यस्तो आम्दानी जम्मा दुई अर्ब ९६ करोड रुपैयाँ मात्रै थियो ।

९ अर्ब ३५ करोड रुपैयाँ चक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा दुई अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १२.०९ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १४०.९१ रुपैयाँ रहेको छ ।

एनसीसीको स्प्रेड दर ३.८४ प्रतिशत रहँदा आधार ब्याजदर ९.०३ प्रतिशत कायम छ । बैंकको कस्ट अफ फण्ड ६।४४ प्रतिशत छ भने सीडी रेसियो ७४.८८ प्रतिशत देखिन्छ । बैंकको खराब कर्जा पनि २.७९ प्रतिशत कायम छ ।

प्रतिक्रिया दिनुहोस