
काठमाडाैं । यस सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा रु. ३ लाख २९ हजार ७ सय ५१ रुपैयाँ जम्मा गरी सहयोग गरेको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणको लागि संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कोषमा २०७७ साल असार मसान्तसम्ममा जम्मा भएको उल्लेखित रकम सहयोग गरेको हो ।
संस्थाले प्रदान गरेको उल्लेखित रकमले कोभिड १९ संक्रमणको महामारी नियन्त्रण र संक्रमितहरुको उपचारमा थोरै भएपनि सहयोग पुग्ने विश्वास संस्थाले राखेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस