aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

सिभिल बैंकको नाफा ३५ प्रतिशतले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० साउन २०७७
सिभिल बैंकको नाफा ३५ प्रतिशतले घट्यो

काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकको गत आवको चौथो त्रैमासमा नाफा ३५ प्रतिशतले घटेको छ । अघिल्लो आवको चौथो त्रैमासा कम्पनीले ७० करोड ७४ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा गत आवको सोही अवधिमा ४५ करोड ७० लाखमा सिमित भएको हो ।

कम्पनीको चुक्तापूँजी ८ अर्ब रुपैयाँ रहेको छ । गत आवको चौथो त्रैमासम्ममा कम्पनीले जगेडा कोषमा १ अर्ब ८० करोड र शेयरधनी कोषमा २६ करोड ४७ लाख सञ्चित गरेको छ ।

गत आवको चौथो त्रैमासमा कम्पनीको सञ्चालन नाफा ३५ प्रतिशत घटेकाले नाफा घटेको हो । सोही अवधिमा कम्पनीमा ७ अर्ब ५१ करोड निक्षेप संकलन भएको छ भने ५१ अर्ब ५१ करोड कर्जा लगानी गरेको हो ।

अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले २ अर्ब २० करोड खुद ब्याज आम्दानी गरेकोमा गत आवको सोही अवधिमा २ अर्ब २३ करोड आम्दानी गरेको हो ।

अघिल्लो आवको चौथो त्रैमासमा प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८४ पैसा रहेकोमा गत आवको सोही अवधिमा ५ रुपैयाँ ७१ पैसा सिमित भएको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २४ दशमलव ३४ गुणा, तरलता अनुपात २५ दशमलव १७ प्रतिशत र प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ८५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस