
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले बज्राचार्यलाई आगामी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो ।
१ भदौदेखि बज्राचार्यले कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । बिग मर्जरपछि बैंकमा मर्जरको सकारात्मक सिनारियो ल्याउन बज्राचार्यलाई नियुक्त गरेको ढकालले जानकारी दिए । ‘ उहाँले यसअघि ४ वर्ष ग्लोबलको सीईओ भएर काम गर्दा राम्रो काम गरेकाले उहाँको कामलाई मूल्यांकन गर्दै पुनः उहाँलाई ग्लोबल सम्हाल्ने जिम्मा दिइएको हो ।’
ग्लोबल आइएमई बैंकमै कम ब्याक गराउन पाउदा आफूलाई खुसी लागेको अध्यक्ष ढकालले बताए । अब बैंक थप मजवुद बन्ने ढकालले विश्वास लिएका छन् ।
पुँजीका हिसावले सबैभन्दा ठूलो वाणिज्य बैंकमा बज्राचार्यको दोस्रो पटक सीर्ईओ नियुक्त भएका हुन् । उनी करिब साढे ५ वर्षपछि पुनः ग्लोबल बैंक फर्किएको ढकालले बताए ।
कोरोनाका कारण अधिकांश बैंकहरूको वित्तीय सूचक ठिकै भएपनि जनतासँग मर्ज भएको ग्लोबलको सूचक राम्रो छ । अघिल्लो वर्षकोभन्दा ५ वटा बैंकले नाफा वृद्धि गरेकोमा ग्लोबल पनि त्यसैको सूचीमा सूचीकृत भएको छ ।
दुई ठूला बैंकहरू ग्लोबल आइएमई र जनता बैंक मर्जर भएर बने पछि सीईओको पद पर्शुराम कुँवरले सम्हालेका थिए । कुँवरले राजिनामा दिए पछि रिक्त रहेको सीईओ पदमा बज्रचार्यलाई नियुक्त गरिएको हो । बज्रचार्य बैकिङ क्षेत्रमा लामो अनुभव भएका बैंकर हुन् । उनी यस अघि सनराइज बैंकको सीईओ थिए । करिब डेढ वर्षअघि उनको सनराइज बैंकमा कार्यकाल सकिएको हो । सनराइज जानु अघि उनी ग्लोबल बैंकमै सीईओ रुपमा कार्यरत थिए ।
बज्राचार्यसँग बैकिङ क्षेत्रको करिब चार दशकको अनुभव छ । २० वर्षभन्दा बढीे राष्ट्र बैंकमा काम गरेका बज्राचार्य नेपालका वरिष्ठ चाटर्ड एकाउन्टेन्ट हुन् ।
प्रतिक्रिया दिनुहोस