
काठमाडौं । अधिकांश बैंकहरूको कमाइ ( रिटर्न अन इक्विटी)१५ प्रतिशतभन्दा तल झरेको छ । बैंकहरूको २०७६/७७ चौथौ त्रैमासमा आधारित वित्तीय विवरणअनुसार अधिकांश बैंकहरू आरओई १५ प्रतिशतभन्दा कम भएको हो ।
यसको अर्थ सेयर लगानीकर्ताले एक सय रुपैयाँ बैंकमा लगानी गर्दा १५ रुपैयाँ भन्दा कम कमाइ रहेको हो । यस्तो कमाइलाई सेयरधनीको आम्दानी अर्थात् रिटर्न अन इक्विटी (आरओई) भनिन्छ । चालु आवमा २७ वटा वाणिज्य बैंकमध्ये सबैभन्दना बढी आरओई राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । बैंकले गत आर्थिक वर्षमा २३.४४ प्रतिशत आरओई छ ।
अर्थात वाणिज्य बैंकका सेयर धनीले प्रतिसेयर आम्दानी २३.४४ रुपैयाँ रहेको छ भन्ने हो । गत आवमा सबैन्दा कम कमाइ सिभिल बैंकको रहेको छ । सिभिल बैंकको प्रतिसेयर आम्दानी ४.७५ प्रतिशतमात्र रहेको छ । सेयर धनीलाई बढी कमाइ दिने बैंकको दोस्रो स्थानमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले एक सय रुपैयाँ लगानीगर्ने सेयर धनीलाई २२ रुपैयाँ १२ पैसा कमाइ दिन सक्ने भएको हो ।
गत आवमा हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश बैंकहरूको नाफा घटेको छ । मात्रै ५ वटा बैंकले नाफा कमाएका छन् । अन्य बैंकको नाफा खुम्चिएको छ भने दुई बैंक (प्रभु र कृषि विकास बैंक) ले वित्तीय विवरण नै प्रकाशित गरेका छैनन् । अधिकांश बैंकको नाफा घटेपछि प्रतिसेयर आम्दानी घटेको हो । नाफाको आधारमा प्रतिसेयर आम्दानी पनि बढ्दै जानुपर्ने सैद्धान्तिक मान्यता भएका कारण यो वर्ष बैंकहरूको नाफा घटेका कारण आरओई पनि घटको हो ।
बैंकहरूको नाफा घट्दा आम्दानी घटेको हो । बैंकहरूको नाफा घट्दा सेयर धनीले राम्रो प्रतिफल पाउन नसक्ने अवस्था आएको हो । सेयरधनीलाई बढी प्रतिफल दिने बैंकको तेस्रो स्थानमा हिमालयन बैंक रहेको छ । बैंकको गत आवमा १६.९५ प्रतिशत आरओई रहेको छ । नबिल बैंकले आफ्ना सेयरधनीलाई प्रतिसेयर आम्दानी १६.०४ रुपैयाँ दिने भएको छ । यस वाहेक चार वटा बैंकको आरओई १५ र १६ प्रतिशतकोबीचमा रहेको छ ।
एभरेष्ट, सानिमा, स्ट्याण्र्डड चार्टर्ड, सिद्धार्थ बैंकको आरओई १५ प्रतिशतभन्दा माथि छ भने अन्य बैंकको रिटर्न अन इक्यिुटी त्योभन्दा कम रहेको छ । एभरेष्ट बैंकको आरओई १५.५१, सानिमा बैंकको १५.४२, स्ट्याण्र्डड चार्टर्डको १५.१२ र सिद्धार्थ बैंकको १५.०७ प्रतिशत रहेको छ ।
प्राइम र एनएनबि र माछापुच्छे« बैंकको आरओई क्रमशः १२.५६, १२.२१ र १२.१३ प्रतिशत रहेको छ ।
ग्लोबल आईएमई, लक्ष्मी, नेपाल एसबिआई, बैंक अफ काठमाण्डू सनराइज, नेपाल बंगलादेश बैंक र इन्भेष्टमेन्ट बैंकको आरओई १२ प्रशितभन्दा कम र १० प्रतिशतभन्दामाथि रहेको छ । मेगा, नेपाल क्रेडिट एण्ड कमर्श, सेन्चुरी, नेपाल बैंक, सिटिजन बैंक इन्टरनेशनल, कुमारीको प्रतिसेयर कमाइ १० प्रतिशतभन्दा कम र ५ प्रतिशतभन्दा माथि रहेको छ ।
प्रतिक्रिया दिनुहोस