aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
खराब कर्जा

२७ बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकको एनपीएल सबैभन्दा बढी, कुन बैंकको कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ साउन २०७७
२७ बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकको एनपीएल सबैभन्दा बढी, कुन बैंकको कति ?

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा सबैभन्दा बढी देखिएको छ । २७ वटा वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा बढी देखिएको हो । गत आवको अन्त्यसम्म राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ४.०८ प्रतिशत रहेको छ ।

यद्यपि बैंकको खराब कर्जामा सुधार भने गरेको छ । गत आवको पुससम्म राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ४.७७ प्रतिशत थियो । खराब कर्जा सबैभन्दा धेरै राष्ट्रिय वाणिज्य बैंकको देखिएको छ । मुलुकमा सञ्चालित बैंकहरुमध्ये सबैभन्दा धेरै मूनाफा कमाउने बैंकको नै खराब कर्जा उच्च देखिएको छ । खराब कर्जा घटाउनुपर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको अझ बढेको छ ।

गत आवको अन्त्यसम्म सबैभन्दा कम एनपीएल एभरेष्ट बैंकको रहेको छ । एभरेष्ट बैंकको एनपीएल ०.२२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एभरेष्ट बैंकको एनपीएल ०.१६ प्रतिशत थियो । पछिल्लो ६ महिनामा एभरेष्ट बैंकको एनपीएल बढेर ०.२२ प्रतिशतमा पुगेको हो । कोभिडका कारण एनपीएल बढेको हो । 

२७ वाणिज्य बैंकमध्ये ११ वटा बैंकको खराब कर्जा दुई प्रतिशतभन्दा माथि रहेको छ भने ९ वटा बैंकको एनपीएल १–२ प्रतिशतकोबीचमा रहेको छ । बाँकी सात वटा बैंकको एनपीएल एक प्रतिशतभन्दा कम रहेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा बैंक, माछापुच्छे, एनआईसी एशिया, नबिल, लक्ष्मी, सिटिजन बैंक इन्टरनेशनल, कुमारी, ग्लोबल आईएमई, सेन्चुरी, प्राइम, सनराइज, सिद्धार्थलगायतका बैंकले गत आवको पछिल्लो ६ महिनामा खराब कर्जा बढाएका छन् ।
कर्जाको आकारमा वृद्धि हुँदा एनपीएल बढेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले बताए । उनले भने ‘कर्जा बढ्दै जाँदा खराब कर्जा बढ्नु स्वभाविक हो,’ उनले भने  । 

बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको छ । चालु आर्थिक वर्षका पछिल्लोे ६ महिनाको तथ्यांक हेर्ने हो भने अधिकांशको खराब कर्जा बढेको देखिन्छ । केही बैंकहरुले खराब कर्जा घटाएका पनि छन् ।  अघिल्लो ६ महिनाको तुलनामा मेगा, हिमालय, राष्ट्रिय वाणिज्य बैंक। नेपाल बैंक, नेपाल बंगलादेश बैंक, सेन्चुरी बैंकलगायतका बैंकले एनपीएल घटाएका छन् । 

यद्यपि, केही बैंकले भने खराब कर्जामा सुधार भने गरेको छ । गत आर्थिक वर्षको ६ महिनामा ३.९१ प्रतिशत रहेको खराब कर्जा घटाएर कृषि विकास बैंकले २.७१ प्रतिशतमा झार्न सफल भएको छ । नेपाल बैंकले पनि यो अवधिमा खराब कर्जाको अवस्थामा सुधार गरेर गत आवको पहिलो ६ महिनामा रहेको खराब कर्जा घटाएर २.५९ मा झारेको छ । कर्जाको आकार बढेसागै बढेको खराब कर्जा घटाउने प्रयत्नमा भने बैंकहरू देखिएका छन् ।  

खराबकर्जा धेरै हुनेमा बैंकको दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक परेको छ । बैंकको खराब कर्जा राष्ट्रिय वाणिज्य बैंकको जस्तो नभएपनि निजी बैंकहरूमा अग्र र समग्र २७ बैंकमा दोस्रो नम्बरमा रहेको छ । ६ महिनाअघि यो बैंकको खराब कर्जा २.९१ प्रतिशत रहेको छ । असारसम्म आईपुग्दा बैंकको खराब कर्जामा झिनो सुधार आएर २.९० मा ओर्लिएको छ । 

ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछि सम्म पनि बैंकले ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराबकर्जा अन्तर्गत राखिन्छ । सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाइन्छ । कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ । 

बैंकले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई खराबकर्जाको सूचीमा राख्नुपर्छ । जसलाई निस्क्रिय कर्जा वा खराब कर्जा (एनपीएल) भनिन्छ ।

प्रतिक्रिया दिनुहोस