aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कृषि विकास बैंकले गर्यो सरकारलाई ४ करोड १० लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३२ साउन २०७७
कृषि विकास बैंकले गर्यो सरकारलाई ४ करोड १० लाख सहयोग

काठमाडौं । कृषि विकास बैंकले सरकारलाई  फेरि  ४ करोड १० लाख १० हजार ७५ रुपैयाँ सहयोग गरेको छ ।  बैंकले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत जम्मा भएको रकम कोरोना कोषमा जम्मा हुने गरीअर्थमन्त्री डा. युराज खतिवडालाई हस्तान्तरण गरेको हो ।

कृषि विकास बैंकले यस अघि पनि कोरोना नियन्त्रण रोकथाम तथा उपचार कोषमामा संघ सरकारलाई एक करोड ११ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो भने सातै प्रदेशलाई ७/७ लाख रुपैयाँको दरले हस्तान्तरण गरेको बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए । 

चेक हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला, प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र कम्पनी सचिव समेत रहेका पौडेलको उपस्थिति रहेको थियो  । उक्त कार्यक्रममा अर्थ मन्त्रालयका तर्फबाट अर्थमन्त्री डा. खतिवडा, अर्थ सचिव शिशिरकुमार ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी र सहसचिव झक्क प्रसाद आचार्यको उपस्थिति रहेको थियो । आचार्य कृषि विकास बैंकका सञ्चालक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस