
काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क. ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई एकमूष्ट रूपमा प्रदान हुने पुनरकर्जाको लागि आवेदन दिन एक् सूचना मार्फत आहृवान गरेको छ । सोमबार नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनामा भदौ १ गतेदेखि असोज १४ गतेसम्म आवेदन दिन सकिने उल्लेख गरिएको छ ।
सो आव्ह्रान सँगै राष्ट्र बैंकले कोरोना भाइरसका कारण समस्यामा परेका र पुर्नकर्जा प्राप्त गर्न योग्य व्यवसायीहरूको सूचि समेत सार्वजनिक गरेको छ । जसलाई केन्द्रिय बैंकले अति प्रभावित क्षेत्र र मध्यम प्रभावित क्षेत्र भनेर दुई श्रेणीमा वर्गीकरण गरेको छ ।
हेर्नुस्, राष्ट्र बैंकले सार्वजनिक गरेको अति प्रभावित र मध्यम प्रभावित व्यवसायी क्षेत्रको सूचि
(अ) अति प्रभावित क्षेत्र
१. पर्यटनः
(क) ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, र र्याफ्टिङ्ग, क्याम्पिङ्न, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि,
(ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्ट्रां, पर्यावरणीय पर्यटन, बन्यजन्तु आरक्ष,
(ग) सांहसिक पर्यटनः स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर न्याफ्टिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइड, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत,
(घ) गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, कवलकार
२. हवाई तथा पर्यटकीय यातायातः
३. मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेसस
४. चलचित्र उत्पादन, वितरण, सिनेमा हल
५. रोजगारी गुमेका वा लेअफमा परेका श्रमिक, कामदार वा कर्मचारी (स्वदेशमा वा विदेशमा)
६. मूलभुत रुपमा सडेर गलेर जाने वस्तु जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरणः
७. कुखुरापालन व्यवसाय
८. पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय
९. तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय
१०.वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक ।
(आ) मध्यम प्रभावित क्षेत्रः
१. खप्ने सामान जस्तै प्लास्टिक, फलाम र स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय
२. नीजि तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि(स्कुल, चाइल्ड केयर
३. यात्रुवाहक स्थल यातायात
४. व्यूटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप
५. कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा वा व्यवसाय
६. अस्पताल, क्लिनिक, नरसिंगहोम, डायग्नोस्टिक सेन्टर
७. हेल्थ सेन्टर वा फिट्नेस सेन्टर
८. भण्डारण गर्न सकिने बस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण वन तथा खनिजजन्य उद्योग
१०. निर्माण व्यवसाय
११. औषधि उत्पादन
१२. छपाइ, प्रकाशन तथा सचार गृह
१३. निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा
१४. पत्थर, माटा तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय ।
प्रतिक्रिया दिनुहोस