
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत वर्ष सोहि अवधिमा ११ गुणा बढी खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको त्यस अवधिसम्मको वित्तीय विवरण अनुसार अघिल्लो वर्ष रू. २२ लाख ८५ हजार खुद नाफा गरेको कम्पनीले गत वर्ष भने रू. २ करोड ५३ लाख १७ हजार यो नाफा गरेको हो ।
गत वर्ष कम्पनीको सञ्चालन नाफा भने करिब ४८ प्रतिशत कम रू. ३ करोड ८१ लाख ४३ हजार भएको छ । सञ्चालन नाफा घटेपनि यो वर्ष कर वापतको रकम कम छुट्याएकाले नाफामा उल्लेख्य बृद्धि देखिएको हो । अघिल्लो वर्ष करका लागि रू. ३ करोड ४१ लाख १० हजार रकम खर्च भएकामा गत वर्ष भने यो रकम रू. १ करोड १० लाख ६६ हजार मात्र खर्च भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ७९ लाख ९३ हजार रहेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको जगेडा कोष रकम २७ प्रतिशत बढी रू. ७९ करोड ८९ हजार कायम भएको छ । गत वर्ष रू. ७ अर्ब ३१ करोड ७९ लाख ७१ हजार निक्षेप संकलन गरेको यस कम्पनीले रू.५ अर्ब ३४ करोड ४९ लाख ३६ हजार कर्जा प्रवाह गरेको छ । प्रतिशेयर आम्दानी रू. २ दशमलव ९२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १६७ दशमलव ४० रहेको छ ।
प्रतिक्रिया दिनुहोस