aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

'नबिल बैंकको अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ भदौ २०७७
'नबिल बैंकको अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम'

काठमाडौं । हाल सारा बिश्वकै अर्थतन्त्र कोभिड-१९ का कारण थिल्थिलिएको छ । नेपाल पनि यस बाट अछुतो रहन सकेको छैन ।चैत्र १२ गते देखिको लामो लकडाउनले अर्थतन्त्रमा निकै ठुलो प्रभाव परिरहेको छ । यस अबधिमा सरकारले कोरोना संक्रमण रोगथाम,नियन्त्रण र उपचारका  लागि अर्बौ रुपैया खर्च गरिसकेको छ । 

कोरोना नियन्त्रणको लागि यस अबधिमा सयौ संघ सस्थाहरुले सहयोगको हात बढाइरहेका छन् । यिनै सहयोगी हात अघि बढाउने मध्यमा नबिल बैंक पनि समावेश भएको छ । नबिल बैंकले गत आइतवार  नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा ६ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले अर्थमन्त्री युवराज खतिवडालाई अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त रकम हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण गर्दै शाहले भने, “नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावहरू विरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पु¥याउन पाउनु ठूलो सम्मान हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको हो र यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम हो ।”

उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका संयोजक नर्वाण चौधरीको पनि उपस्थिति रहेको थियो ।  उक्त हस्तान्तरण गरिएको रकम बैंक तथा वित्तीय सस्थाबाट अहिले सम्म सहयोग भएको रकम मध्येको सबै भन्दा ठुलो घनरासी हो ।यस अघि पनि बैंकले सुर्खेत जिल्लामा पी.सी .आर. परिक्षणको लागि २८ लाख रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत हस्तान्तरण गरिसकेको थियो । 


 

प्रतिक्रिया दिनुहोस