
भदौ १, काठमाडौं । निर्धन उत्थान लघुवित्तको नाफा अघिल्लो वर्षको चौथो त्रैमासको तुलनामा गत वर्ष ३९ दशमलव ९१ प्रतिशत कम भएको छ ।
कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तीय विवरण अनुसार अघिल्लो वर्ष रू. ४७ करोड ३२ लाख ७३ हजार खुद नाफा गरेको कम्पनीले गत वर्ष रू. २८ करोड ४३ लाख ४५ हजार यो नाफा गरेको हो ।
यस वर्ष सञ्चालन मुनाफा अघिल्लो वर्षभन्दा ६० दशमलव ९९ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष रू. १ अर्ब १४ करोड ६२ लाख ४८ हजार सञ्चालन मुनाफा गरेको कम्पनीले गत वर्ष रू. ४४ करोड ७१ लाख १७ हजार यो मुनाफा गरेको हो । गत वर्ष अघिल्लो वर्षभन्दा २७४ प्रतिशत बढी रू. ४९ करोड ९ लाख ६९ हजार सम्भावित जोखिम शिर्षकमा रकम छुट्याएको छ । सम्भावित जोखिम शिर्षकमा बढी रकम छुट्याउदा सञ्चालन मुनाफा घट्दा कम्पनीको नाफामा असर परेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्ष भन्दा २५ प्रतिशत बढी चुक्तापूँजी कायम भएको हो । कम्पनीको जगेडा कोष रकम पनि अघिल्लो वर्षभन्दा १४ प्रतिशत बढी रू. १ अर्ब ८५ करोड २ लाख ३० हजार कायम भएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाबाट रू. ६ अर्ब ९४ करोड ५१ लाख ३३ हजार कर्जा सापटी लिएको कम्पनीले रू. २० अर्ब १५ करोड ८ लाख १८ हजार कर्जा प्रवाह गरेको छ । यो वर्ष कम्पनीले रू. १३ अर्ब ३४ करोड १६ लाख २९ हजार निक्षेप संकलन गरेको हो ।
निष्क्रिय कर्जा अघिल्लो वर्ष १ दशमलव १७ प्रतिशत रहेकोमा गत वर्ष १ दशमलव ८३ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी रू. १८ दशमलव ९६ र प्रतिशेयर नेटवर्थ रू. २२३ दशमलव ३५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस