aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

नेपाल बङ्गलादेश बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ भदौ २०७७
नेपाल बङ्गलादेश बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले गत पुस ७ गते २५ औं वार्षिक साधारण सभाबाट पारित गरेको ५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गरेको छ । बैंकले उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता गरी अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाएको हो । 

२०७६ साल मंसिर २६ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हितग्राही खातामा शेयर जम्मा गरिसकेको बैंकले सो मितिपश्चात शेयर अभौतिकीकरण गराएकाहरुको हकमा क्रमश बोनस शेयर हितग्राही खातामा जम्मा गर्ने व्यवस्था मिलाएको बताएको छ । 

हाल अभौतिक रुपमा कारोबार हुने व्यवस्था भएकाले भौतिक रुपमा शेयर धारण गरेर बसेका सदस्यहरुलाई यथासिघ्र शेयर अभौतिकीकरण गराउन बैंकले अनुरोध गरेको छ । साथै बैंकले हालसम्म वितरण गरेको नगद लाभांश प्राप्त गर्न आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन समेत अनुरोध गरेको छ । बैंकको शेयर रजिष्ट्रारमा नेपाल बङ्गलादेश क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस