
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ३ करोड २४ लाख ३४ हजार २ सय ४० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ४ करोड १८ लाख ७२ हजार आठ सय रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १४ करोड ९५ लाख ३६ हजार ६ सय ५० रुपैयाँ रहेको संस्था साबिकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था बिच मर्जर भइ बनेको हो ।
गत आ.व. को चौथो त्रैमासिक अवधिमा ७७ करोड ३० लाख ८५ हजार १ सय ४० रुपैयाँ निक्षेप संकलन गरेको छ जुन अघिल्लो आवको सोही अवधिको ५५ करोड ६० लाख ३६ हजार भन्दा ३९ प्रतिशतले बढि प्रगति गरेको छ ।
२ अर्ब २८ करोड ६२ लाख २ हजार ६ सय ४० रुपैयाँ उठ्न बाँकि कर्जा हरेकोमा अघिल्लो सोहि अबधिमा भएको १ अर्ब ४६ करोड ९३ लाख ९९ हजार १ सय २० रुपैयाँ उठ्न बाँकि कर्जाको तुलनामा संस्थाले ५५।६ प्रतिशत बढि प्रगति हासिल गरेको हो ।
मिति २०७७.०३.२६ बाट एकीकृत कारोबार गर्ने अनुमति प्राप्त साबिकको उन्नति लघुवित्त वित्तीय संस्थाको प्राप्त १५ कार्य क्षेत्र जिल्ला र सहकार्य लघुवित्त वित्तीय संस्थाले प्राप्त १० कार्य क्षेत्र जिल्ला गरि हाल २५ कार्यक्षेत्र जिल्ला रहेको यस संस्थाले राष्ट्रिय स्तरको संस्थामा स्तरोन्नतिको प्रक्रिया अघि बढाएको छ ।
अघिल्लो वर्षको तुलनामा विभिन्न सूचकहरु सकारात्मक प्रगति देखिएपनि हालको बिकसित कोविड १९ को त्रासदीपूर्ण अवस्थाको कारण प्रक्षेपित् असुली दरमा कमि आइ कर्जा नोक्सानी व्यवस्थामा बढोत्तरी भएको हुनाले मुनाफा कम भएको देखिन्छ ।
सो अवधिमा ४० करोड ८ लाख ८८ हजार ९ सय १० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा अघिल्लो सोहि अवधिको तुलनामा ७३।६१ प्रतिशत प्रगति देखिएको छ भने १ दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
प्रतिक्रिया दिनुहोस