aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बैंकहरूको स्कीमले गर्यो काम, साउनमै प्रवाह भयो ११ अर्ब कर्जा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ भदौ २०७७
बैंकहरूको स्कीमले गर्यो काम, साउनमै प्रवाह भयो ११ अर्ब कर्जा

काठमाडौं । कोभिडका कारणले दुई तिहाई उद्योगधन्दा पूर्ण रुपमा बन्द भएपछि सुस्ताएको कर्जा प्रवाह साउन लागेपछि बढ्न थालेको छ । साउन लागेसँगै बैंकहरुमा कर्जाको माग बढ्न थालेको हो । साउन महिनामात्र वाणिज्य बैंकहले ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 

कोभिडका कारण उद्योग व्यवसायको गतिविधि बन्द भएपछि बैंकिङ प्रणालीमा थुप्रिएको रकमको उचित सदुपयोग गर्न असार अन्तिम सातादेखि नै बैंकहरूले सस्तो ब्याजको विभिन्न स्कीम तथा योजनाहरू ल्याए । सोही अनुरुप कोभिडले थलिएको अर्थतन्त्र उकास्न उद्यमी व्यवसायीहरूले जोखिम मोलेरै भएपनि ११ अर्ब ऋण लिए । 

हाल बैकिङ प्रणालीमा २ अर्बभन्दा बढी रकम थुप्रिएको छ । साउनमा मात्रै १७ अर्ब निक्षेप संकलन भएको छ । बैंकहरूले १७ अर्ब निक्षेप संकलन गरेर ११ अर्ब कर्जा प्रवाह गरेका छन् । अब विस्तारै कर्जाको डिमाण्ड हुने आशमा बैंकहरू रहेका छन् । बैंकहरूले साना तथा मझौला कर्जादेखि घर, गाडीलगायतका कर्जा सस्तोमा उपलब्ध गराएका छन् भने अन्य कर्जाको पनि ब्याजदर एकल डिजिजमा ओर्लिएकोले कर्जाको माग विस्तारै बढ्ने देखिएको छ । 


 

प्रतिक्रिया दिनुहोस