काठमाडौं । समृद्धि फाइनान्सले २००% हकप्रद सेयर जारी गर्न धितोपत्र बोडबाट अनुमति पाएको छ ।
बोर्डले १ः२ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको बीओके क्यापिटल मार्केटले गर्नेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट २००% हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रदपछि पुँजी ५४ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस