aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कामना सेवाको शाखा विराटनगर र इटहरीमा एकैदिन संचालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ जेठ २०७६
कामना सेवाको शाखा विराटनगर र इटहरीमा एकैदिन संचालन

कामना सेवा विकास बैंक लिमिटेडले क्रमिक रूपमा आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं १ को मोरङ जिल्लाको धरान रोड, विराटनगर र सुनसरी जिल्लाको इटहरी चोक, इटहरीमा अाइतबारदेखि ८५औं र ८६औं  शाखा कार्यालय स्थापना गरि कारोबार शुरु गरेको छ । 

बैंकका अध्यक्ष् सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा रूपमा कारोबार शुभारम्भ भएको थियो ्र  सोही क्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले यी शाखा समेत गरि प्रदेश नं १ मा ७ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र संचालनमा ल्याउने बताउंदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्र पूर्व नेपालमा शाखा विस्तारले क्रममा नविनतम प्रोडक्ट्हरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिंग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ्र 
 

प्रतिक्रिया दिनुहोस