
काठमाडौं । उपत्यकामा निषेधाज्ञा जारी भएपनि बैंकिंग सेवा बन्द नहुन नेपाल बैंकर्स संघका कार्यसमिति सदस्य तथा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । उनले भने, 'विहान बैंकका कर्मचारीहरुलाइै प्रहरीले बैंकका कर्मचारीहरुलाई समेत रोकेपछि संघले आज बैंकका शाखा नखोल्न कि भनेर कुरा भएको थियो तर, अहिल प्रशासनले बैंकका कर्मचारीलाई नरोक्ने भएपछि सबै बैंकका पूर्वनिर्धारित शाखाहरु सञ्चालन गर्ने भएका छौं । '
काठमाडौं उपत्यकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा पालना गराउन सडकमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा बैंकका कर्मचारीहरुलाई रोकेका छन् । बैंकका केहि सीईओलाई प्रहरीले विहान रोकेको थियो गुरुङले आर्थिकन्यु्ज डटकमलाई बताए । उनले भने, विहान मलाई पनि प्रहरीले रोक्यो तर फेरि कुरा मेलेकाले अब बैंक जान तयारी गर्दै छु ।’
उनले भने, बुधबारमात्रै तीनै जिल्लाका सीडीओसँग समन्वय गरी हरेक बैंकका काठमाडौंमा पाँच वटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्ने सहमति भएको थियो । बैंकका कर्मचारीलाई बैंककै परिचयपत्र देखाएर आउजाउ गर्न दिने भनिएको थियो तर बिहान बैंक खोल्न जान लागेकाहरुलाई पनि रोकेकाले केहि समस्या आयो ।’
प्रतिक्रिया दिनुहोस