
काठमाडाैं । बैंक तथा वित्तीयसंस्थासंग आबद्ध कर्मचारीलाई शुक्रबारबाट कार्यालय आवतजावतमा सहजीकरण गरिने भएको छ । निषेधाज्ञाको पहिलो दिन सुरक्षाकर्मीले रोक लगाएपनि शुक्रबारबाट भने बिहान ९ बजेदेखि १०ः३० बजेसम्म र साँझ ३ः३० देखि ५ः३० बजेसम्म सहजीकरण गर्न लागिएको हो ।
विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले कार्यालयबाट जारी फोटोसहितको परिचय पत्र अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ । मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस