aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

रेमिट्यान्स कार्यालय खोल्न राष्ट्र बैंकको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ भदौ २०७७
रेमिट्यान्स कार्यालय खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंक विदेशी बिनिमय व्यवस्थापन विभागले रेमिट्यान्स कम्पनीहरु खुला राख्न निर्देशन दिएको छ ।  नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सम्पूर्ण रेमिट्यान्स कम्पनीहरुलाई स्थानीय प्रशासनको निषेधाज्ञा लगायतका आदेशको परिपालना हुने गरी सेवा दिन शुक्रबार निर्देशन दिएको हो । 

सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी संभव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाई सकेसम्म न्यूनतम कर्मचारीबाट विप्रेषण भुक्तानीको व्यवस्था मिलाउने राष्ट्र बैंकले भनेको छ ।  रेमिट्यान्स फण्ड ट्रान्सफर तथा विदेशी मुद्रा सटही गर्ने एवम् संभव भएसम्म विप्रेषण भुक्तानी बैंक मार्फत गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।  

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा विदेशमा काम गर्न गएका नेपालीले रकम पठाएका आफ्न्तले नेपालमा लिन नपाउदा परिवारको घर खर्च समेत चलाउन अप्ठ्यारो परेकाले न्युनतम कर्मचारी र स्वास्थ्य सुरक्षा अपनाएर विदेशबाट पठाएको रकम परिवारलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउन भनेको छ । 

प्रतिक्रिया दिनुहोस