aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

विदेशबाट पठाएकाे पैसा सहज रुपमा झिक्न दिनुः राष्ट बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ भदौ २०७७
विदेशबाट पठाएकाे पैसा सहज रुपमा झिक्न दिनुः राष्ट बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले  निषेधाज्ञा  जारी भएको अवस्थामा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले पठाएको विप्रेषण सहज रुपमा झिक्न पाउने व्यवस्था मिलाउन विप्रेषण सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । 

केन्द्रीय बैंकले आज विप्रेषण कम्पनीलाई निर्देशन जारी गर्दै वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा रहेका नेपाली नागरिकले पठाउने पैसा सहज रुपमा झिक्ने व्यवस्था गर्न निर्देशन दिएको हो । 

राष्ट्र बैंकले बैदेशिक रोजगारीमा गएका नेपालीले परिवारका लागि पठाएको पैसा भुक्तानीका लागि विप्रेषण सेवा प्रदायकको काउन्टर खोल्न पनि निर्देशन दिएको छ ।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा कोरोना संक्रमणको जोखिम बढेर गएपछि बिहिबारदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी रहेको समयमा सहज रुपमा विप्रेषण पाउन् भन्ने ध्येयका साथ काउन्टर खोल्न निर्देशन दिइएको  विज्ञप्तिमा जनाइएको छ । 

विदेशमा कार्यरत नेपालीले पठाएको पैसा यहाँका आफन्तले भुक्तानी नपाउदा घरव्यवहार चलाउन समस्या पर्ने भएकाले स्थानीय प्रशासनसँगको सहमतिमा वा निषेधाज्ञा लगायतका आदेशको पूर्ण रुपमा परिपालना हुने गरी आदेश अवधिभर विप्रेषण सम्बन्धी वित्तीय सेवा प्रवाह गर्न  बैंकले आग्रह गरेको छ ।  

त्यस्ता काउन्टर खोल्दा स्वास्थ्य सुरक्षासँग जोडिएका सबै उपाय अवलम्बन गर्न समेत भनेको छ । 

प्रतिक्रिया दिनुहोस