aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

डिजिटल बैंकिङ्ग लक्षित गर्दै सनराइजले ल्यायो नारी बचत खाता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ भदौ २०७७
डिजिटल बैंकिङ्ग लक्षित गर्दै सनराइजले ल्यायो नारी बचत खाता

काठमाडौं । सनराइज बैंकले महिला ग्र्र्र्र्र्र्र्र्र्र्र्राहकलाई लक्षित गर्दै सनराइज नारी बचत खाता सुरुवात गरेको छ । तीजको विशेष अवसर पारेर सुरुवात गरेको उक्त खाताले महिलाहरुको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकको विश्वास छ । 

उत्सवको मौसमलाई मध्यनजर गर्दै बैंकले उक्त खाता शुन्य मौज्दातमा खोल्न सकिने व्यवस्थाका साथै पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा रहेको बैंकले जनाएको छ ।
  
त्यस्तै लकर चार्जमा ५० प्रतिशत छुट र केही गर्ने उद्देश्य राखेका महिलाहरुलाई प्रोत्साहन पुगोस् भनी कर्जा लिदाको प्रक्रियागत खर्चमा विशेष छुटको व्यवस्था समेत गरेको छ । साथै महिलाहरुले  डिजिटल भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा दुई हजार रुपैयाँसम्मको क्यास व्याक दिने व्यवस्था समेत गरेकोे छ ।

विभिन्न स्वास्थ्य बीमा समेत समावेश रहेको उक्त खाता हाल यस लकडाउनको अवस्थामा ग्राहकहरुले घर बसीबसी अनलाइनबाट खोल्न सकिने बैंकले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस