aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

ऋणपत्रको अवधि सकिएसँगै एनएमबि बैंकले साँवा र ब्याज भुक्तानी गर्न थाल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ भदौ २०७७
ऋणपत्रको अवधि सकिएसँगै एनएमबि बैंकले साँवा र ब्याज भुक्तानी गर्न थाल्यो

 काठमाडौं । एनएमबि बैंकले ७ प्रतिशत व्याजदरको एनएमबि डिवेञ्चर २०७७ को साँवा तथा व्याज भुक्तानी कार्य भदौ ६ गतेदेखि शुरु गरेको छ । यस ऋणपत्रको अवधि भदौ ५ गते सकिएसँगै बैंकले साँवा तथा व्याज भुक्तानी गर्न सुरु गरेको हो । बैंकले २०७१ सालमा प्रतिकित्ता एक हजार रूपैयाँ अंकित दरको ५० करोड रूपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र जारी गरेको थियो । 

बैंकले सुचना जारी गरी ऋणपत्रधनीहरले ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी लिन आउँदा आफ्नो सम्पूर्ण प्रमाणपत्र र ब्याज भुक्तानी पुर्जाको सक्कल प्रति साथै आफ्नो परिचय खुल्ने आधिकारीक परिचयपत्रको सक्कल प्रत्रि अनिवार्य रुपमा पेश गर्नुपर्ने जानकारी दिएको छ । 

ऋणपत्रधनीहरु आफु उपस्थित हुन नसकि अन्य व्यक्त मार्फत साँवा तथा ब्याज भुक्तानी चके संकलन गर्न चाहेमा रितपूर्वक मञ्जुरीनामा पेश गर्नुपर्ने समेत बैंकले प्रष्ट पारेको छ । मञ्जुरीनामा प्राप्त गर्ने व्यक्तिले ऋणपत्रको साँवा तथा व्याज भुक्तानी चेक संकलन गर्दा ऋणपत्रधनीको नागरिकताको प्रतिलिपिको साथै आफ्नो आधिकारिक परिचयपत्रको प्रतिलिपि समेत अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस