aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

समता लघुवित्तले २६.३२ प्रतिशत लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ भदौ २०७७
समता लघुवित्तले २६.३२ प्रतिशत लाभांश दिने

काठमाडौं । समता लघुवित्तले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ६ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । 

कम्पनीको भदौ ५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १९ करोड ११ लाख १६ हजार ८ सय रुपैयाँको आधारमा उक्त लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेमा कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस