
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत एनएमबि बैंकको ७ प्रतिशत व्याजदरको एनएमबि डिवेञ्चर २०७७ को सूचीकरण खारेज भएको छ । भदौ ५ गते परिपक्क भएसँगै नेप्सेले उक्त ऋणपत्रको सूचीकरण खारेज गर्ने निर्णय भदौ ७ गते गरेको हो । एनएमबि बैंकले २०७१ सालमा प्रतिकित्ता एक हजार रूपैयाँ अंकित दरको ५० करोड रूपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र जारी गरी धितोपत्र बजारमा सूचीकृत गराएको थियो ।
बैंकले परिपक्क ऋणपत्रको साँवा तथा व्याज भुक्तानी कार्य भदौ ६ गतेदेखि सुरु गरेको छ । बैंकले सुचना जारी गरी ऋणपत्रधनीहरुले साँवा तथा ब्याज भुक्तानी लिन आउँदा आफ्नो सम्पूर्ण प्रमाणपत्र र ब्याज भुक्तानी पुर्जाको सक्कल प्रति साथै आफ्नो परिचय खुल्ने आधिकारीक परिचयपत्रको सक्कल प्रत्रि अनिवार्य रुपमा पेश गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस