aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

सिभिल बैंकले वचत तथा मुद्दती दुवैमा ब्याजदर बढायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ भदौ २०७७
सिभिल बैंकले वचत तथा मुद्दती दुवैमा ब्याजदर बढायो

काठमाडौं । सिभिल बैंक लिमिटेडले सबै नेपालीकालागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना ूप्रिमियमबचत खाताू सञ्चालनमा ल्याएको छ ।

बैंकले बचत खातामा वार्षिक ६ प्रतिशतब्याजदर प्रदानगर्ने जनाएकाे छ । यस वचत खाताको न्युनतम मौज्दात रु १० हजार रहेको छ भने यस बचत खाताखोल्दा बैंकले ग्राहकहरुकालागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवापनिप्रदानगर्नेछ । यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमापनि ८.७५ प्रतिशतको सर्वाधिकब्याजदर प्रदा नगर्दै आईरहेको छ ।

विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदानगरिएको न्यून ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वितहुने कुरा बैैंकले जनाएको छ ।

सिभिल बैंक लिमिटेडले आफ्नाग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदानगर्दै जाने पनि बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस