aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

विदेशी विनिमय विनियमावली संशोधन, शाखै पिच्छे अनुमतिको झनझटबाट बैंकहरुले पाए मुक्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ भदौ २०७७
विदेशी विनिमय विनियमावली संशोधन, शाखै पिच्छे अनुमतिको झनझटबाट बैंकहरुले पाए मुक्ति

काठमाडौं । विदेशी विनिमय कारोबार  इजाजत तथा निरिक्षण विनियमावली संशोधन भएको छ । नेपाल राष्ट्र बैंकले कारोबार इजाजत तथा निरिक्षण विनियमावली संशोधनपछि अब बैंक तथा वित्तीय संस्थाहरुले विदेशी मुद्राको कारोबार गर्न शाखापिच्छे स्वीकृति लिनु नपर्ने भएको हो । राष्ट्र बैंकले विदेशी बिनिमय कारोबार इजाजत तथा निरिक्षण विनियमावली(२०७७ लागू गर्दै गरेको छ । 

यसअघि बैंक तथा वित्तीय संस्थाहरुले शाखैपिच्छे विदेशी मुद्राको कारोबार गर्न लाइसेन्स लिनु पर्ने झनझन समाप्त भएको छ ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सञ्चालन इजाजत दिइसकेपछि शाखैपिच्छे विदेशी मुद्राको कारोबा गर्न अर्को लाइसेन्स लिनु पर्ने ब्यवस्था नै अव्यहारिक रहेकोभन्दै विरोध भइरहेको थियो ।  राष्ट्र बैंकले पछिल्लो समय २०६७÷६८ देखि कार्यान्वयन भइरहेको विनियमावली यसपाली फेरि संशोधन गरेको छ। 

अब बाणिज्य बैंकहरुले  एकमुस्ट ५ लाख तिरेर लाइसेन्स लिन पाउने छन्। विकास बैंकहरुले २ लाख र फाइनान्स कम्पनीले २० हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ। राष्ट्र बैंकले बिनियमावलीमा निरिक्षणमा जाने अधिकृतहको आचारसंहिता पनि निर्धारण गरेको छ। यो नयाँ ब्यवस्था हो। यसबाहेक पहिलो पटक क्यासिनोलाई संबोधन गरिएको छ। 

क्यासिनोले विदेशी मुद्राको कारोबार गर्ने लाइसेन्स पाउन प्रति कारोबा स्थान २५ लाख र शुल्क बापत एक लाख रुपैयाँ राष्ट्र बैंकलाई तिर्नु पर्ने हुन्छ। यसको अवधि २ बर्षको हुने छ। तर आधुनिक मेशिन वा उपकरणबाट खेलाइने खेलको हकमा प्रति कारोबा स्थान १० लाख तिरे हुन्छ। शुल्क पनि ५० हजार रुपैयाँ मात्र लाग्ने छ।

विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका विश्वविद्यालयहरुलाई १० हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा सटही सुविधा दिने राष्ट्र बैंकले संशोधन गरेको विनियमवालीमा उल्लेख छ । तर, विदेशी विश्वविद्यलयको सम्बन्धनको एओयू, संस्था दर्ता प्रमाण,नो अब्जेक्सन लेटर लगायतका कागजात उपलब्ध गराउन पर्ने छ । 

प्रतिक्रिया दिनुहोस