aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
निषेधाज्ञा

बैंकमा भिड देखिएपछि ५० जना कर्मचारीको क्षमताअनुसार थप शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ भदौ २०७७
बैंकमा भिड देखिएपछि ५० जना कर्मचारीको क्षमताअनुसार थप शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । राष्ट्र बैंकले सोमबारबाट काठमाडौं उपत्यकामा थप शाखा खोल्न बैंक तथा वित्तीय संस्थाहरूलार्य निर्देशन दिएको छ । राष्ट्रले आइतबार बैंक शाखाहरू निरीक्षण गर्दा खोलिएका अधिकांश शाखामा भिडभाड देखिएपछि आवश्यकताअनुसार थप शाखा खोल्न निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले ५० जना कर्मचारीबाट आवश्यकताअनुसार कर्पोरेट अफिससहित शाखाहरु खोल्न भनेको छ । 

आइतबार खोलिएका बैंक शाखा निरीक्षण गर्दा भिडभाड देखिएपछि बैंकमा देखिएको भिडभाड कम गर्न थप शाखा खोल्न बैंकर्स संघलाई निर्देशन दिएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । ‘बैंकको न्यूनतम काम नरोक्नु भनेका छौं,’ उनले भने ‘भिडभाड कम गर्ने गरी जति शाखा खोलिएका छन्, त्यसमा थप गर्नु ।

पचास कर्मचारीबाट आजदेखि उपत्यकाभरि थप शाखा खोलेर आम ग्राहकलाई सेवा दिन लागेको नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । ‘हामीहरूले आज सोमबारदेखि राष्ट्र बैंकले भने जति कर्मचारीबाट  सम्भवभएसम्म बैंक शाखाहरु खोल्न लागेका छौं,’ उनले भने ‘त्यति शाखाभन्दा पनि आवश्यकता अनुसार मिलाएर मानिसको फ्लो हेरेर हामी शाखा खोल्ने छौं ।’ 

विशेषतः केही दिन यता साधारण सेयर निष्काशन भएकोले पनि बैंकमा भिडभाड देखिएको हो ।’ विभिन्न कम्पनीहरुको सेयर आवेदन भर्नेहरुको संख्या धेरै भएपछि बैंकहरूको अनुरोधमा राष्ट्र बैंकले थप शाखा खोल्न दिएको हो । 
 

प्रतिक्रिया दिनुहोस