
काठमाडौं । सहारा विकास बैंकले साउन ३० गतेदेखि विक्रीमा ल्याएको अवितरित संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने अवधि थप भएको छ । यस अघि भदौ ८ गतेसम्मको अवधि तोकिएकोमा यस विच कोरोना संक्रमणका कारण उपत्यकामा एक साता निशेधाज्ञालाई ध्यानमा राखी भदौ २३ गतेसम्मको अवधि थप गरिएको हो ।
बैंकले गत जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा विक्री हुन नसकेको संस्थापकतर्फको ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरेको हो । यो शेयर खरिदका लागि साविकका संस्थापकहरुलाई पहिलो प्राथमिकता दिने बैंकको भनाई छ ।
यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो भन्दा बढी मूल्य अंकित गरि गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर विक्री गरिनेछ ।
प्रतिक्रिया दिनुहोस