aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

बिदेशी मुद्राकाे सञ्चिति बढ्याे, १४ खर्ब १ अर्ब ८४ करोड जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ भदौ २०७७
बिदेशी मुद्राकाे सञ्चिति बढ्याे, १४ खर्ब १ अर्ब ८४ करोड जम्मा

काठमाडाैं । नेपालमा बिदेशी मुद्राकाे सञ्चितिमा बृद्दि भएकाे छ । नेपाल राष्ट्र बैंकले जारी गरेकाे बित्तिय स्थिती सार्वजनिक गर्दै २०७६ असार मसान्तमा रु.१०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले वृद्धि भएकाे जनाएकाे छ ।

२०७७ असार मसान्तमा रु. १४ खर्ब १ अर्ब ८४ करोड करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा रु.९०२ अर्ब ४४ करोड रहेकोमा २०७७ असार मसान्तमा रु.१२२६ अर्ब १२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु.१३६ अर्ब ४७ करोड रहेकोमा २०७७ असार मसान्तमा रु.१७५ अर्ब ७१ करोड पुगेको छ ।

२०७७ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश भने  २२.८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस