aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

पुनरकर्जामा बैंकहरुको ७ अर्ब बढी  लगानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ भदौ २०७७
पुनरकर्जामा बैंकहरुको ७ अर्ब बढी  लगानी

काठमाडौं । २०७७ असार मसान्तसम्ममा नेपाल राष्ट्र बैंक बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा ७ अर्ब ४९ करोड लगानी भएको छ ।  सोमबार नेपाल राष्ट्र बैंकले जारी गरेको वार्षिक प्रतिवेदन अनुसार यस अन्तर्गत साधारण पुनरकर्जा ५ अर्ब ८८ करोड रुपैयाँ र भूकम्प पीडितलाई प्रवाह गरिएको पुनरकर्जा १ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । 

२०७७ असार मसान्तसम्ममा ३२ हजार ४सय ४८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई ५९ अर्ब ५६ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २४ हजार ७ सय ६३ जना ऋणीलाई प्रवाह भएको ५४ अर्ब ११ करोड कर्जा रहेको छ  । त्यस्तै सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ७ हजार ६ सय ८५ ऋणीको ५ अर्ब ४५ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । 

आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरुले १५०१ अर्ब ४५ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) ले १२९ अर्ब ४० करोड रुपैयाँको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्ष वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरुले क्रमशः १७७५ अर्ब ११ करोड रुपैयाँ र २०९ अर्ब ५५ करोड रुपैयाँ कारोबार गरेका थिए । 

त्यसैगरि, २०७६ असारमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ४.९७ प्रतिशत रहेकोमा २०७७ असारमा १.२७ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ असारको ४.५२ प्रतिशतको तुलनामा २०७७ असारमा ०.३५ प्रतिशत कायम भएको छ । 

वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ असारमा ९.५७ प्रतिशत रहेकोमा २०७७ असारमा ८.५० प्रतिशत कायम भएको छ । २०७७ असारमा वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर ६.०१ प्रतिशत र कर्जाको औसत ब्याजदर १०.११ प्रतिशत रहेको छ । २०७६ असारमा यी ब्याजदर दरहरु क्रमशः ६.६० प्रतिशत र १२.१३ प्रतिशत रहेका थिए । 

प्रतिक्रिया दिनुहोस