aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

एक सय ५० वित्तीय संस्थाको इजाजत खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ भदौ २०७७
एक सय ५० वित्तीय संस्थाको इजाजत खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५० वटा बैंक तथा वित्तीय संस्थाको इजाजत खारेज भएका छन् । सोमबार राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा २०७७ असार मसान्तसम्म कुुल १९६ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १५० संस्थाहरुको इजाजत खारेज हुन गई ४६ संस्था कायम भएका छन् । 

 कुल ७५३ स्थानीय तहमध्ये २०७७ असारसम्म ७४७ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७६ असारसम्म वाणिज्य बैंकका शाखा विस्तार भएको स्थानीय तहहरुको संख्या ७३५ थियो । 
 

प्रतिक्रिया दिनुहोस