aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

महालक्ष्मी विकास बैँकको शाखा झम्सिखेल र शंखमुलमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० जेठ २०७६
महालक्ष्मी विकास बैँकको शाखा झम्सिखेल र शंखमुलमा

महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य अनुरुप शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । 

यसै क्रममा ललितपुर महानगरपालिका वडा नं ३, झम्सिखेल तथा जेष्ठ १९ गते काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं १०, शंखमुलमा नयाँ शाखा विस्तार गरेको छ । उल्लिखत शाखाहरु सञ्चालनमा आए पश्चात् यस बैंकको कुल शाखा संख्या ९५ पुगेको छ ।

बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस