aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

नेपाल बाङ्गलादेश बैंकको खातामा connectIPS अन्लाईन link गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ भदौ २०७७
नेपाल बाङ्गलादेश बैंकको खातामा connectIPS अन्लाईन link गर्न सकिने

काठमाडौं । नेपाल बाङ्गलादेश बैंकले connectIPS मा खाता link गरी भेरीफाई गराउने सम्पूर्ण प्रकृयालाई स्वचालित गरी अन्लाईनबाटै गर्न सकिने व्यवस्थाको थालनी गरेको छ । यस व्यवस्थासँगै बैंकका ग्राहकहरुले अन्लाईनबाटै connectIPS मा आफ्नो खाता भेरीफाई  गराउन सक्नेछन् भने बैंकको शाखा नै पुगेर फारम बुझाई भेरीफाई गराउने बाध्यताको पनि अन्त्य भएको छ ।  

बैंकका ग्राहकले connectIPS मा “Link Account”   भित्र आफ्नो खाता link गरिसकेपछी “Self Verify Account”  मा क्लिक गरी खातालाई भेरीफाई गराउन सक्दछन् । यस प्रकृयामा ग्राहकको विवरण, , OTP (One Time Password) र Micro Deposits को आधारमा सुरक्षित रुपमा अन्लाईन verification हुने व्यवस्था  रहेको छ । नेपाल बाङ्गलादेश बैंकबाट सुरुवात गरिएको यस व्यवस्थालाई अन्य सदस्य बैंक वित्तिय संस्थाहरुमा पनि चाँडै नै सुरुवात गर्न आवश्यक तयारी भइरहेको छ ।  

अन्लाईनबाटै connectIPS मा खाता link  गर्ने सुविधाले हालको महामारीले निम्त्याएको लकडाउनको बिषम परिस्थितिमा पनि ग्राहकले घरमै बसी सहज तरिकाले फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न सकिने भएको छ ।

 बैंक वित्तिय संस्थाका ग्राहकहरुले अयललभअतक्ष्एक् को वेभसाइट (www.connectips.com)यसको मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल/ईन्टरनेट बैंकिङ्गमा रहेको connectIPS तथा विभिन्न क्रेडिटरहरुको वेभसाइटमा Payment gateway को रुपमा जोडिएको connectIPS मार्फत् सोझै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस