aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

सिभिल लघुवित्तको शतप्रतिशत हकप्रद शेयर भर्ने अवधि थपियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ भदौ २०७७
सिभिल लघुवित्तको शतप्रतिशत हकप्रद शेयर भर्ने अवधि थपियो

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २५ गतेदेखि निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर भर्ने अवधि थप गरेको छ । 

कम्पनीले हाल कायम चुक्तापूँजी रू. ११ करोड ४१ लाख १४ हजारको आधारमा शतप्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो । यस अघि भदौ १४ गतेसम्मको मिति तोकेको कम्पनीले १५ दिन थप गरी भदौ २९ गतेसम्मको अवधि कायम गरेको छ । 

कम्पनीले १ बराबर १ कित्ता शेयर अनुपातमा रू. १०० अंकित दरको रू. ११ करोड ४१ लाख १४ हजार बराबरको ११ लाख ४१ हजार १४० कित्ता हकप्रद विक्री खुला गरेको हो ।

यस हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार १५ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असार १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत फागुन १४ गते अनुमति पाएको थियो । 

यस  हकप्रद शेयरको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । आवेदन विक्री प्रबन्धकसँगै सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालय, सेञ्चुरी कमर्सियल बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै आश्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत पनि घरमै बसेर दिन सकिनेछ । सिभिलको यस हकप्रदलाई केयर रेटिङ्ग नेपालले वित्तीय आधारभूत अवस्था औषतमा रहेको संकेत गर्ने केयर एनपि आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ ।

हाल रू. ११ करोड ४१ लाख १४ हजार चुक्तापूँजी रहेको यस कम्पनीको शतप्रतिशत हकप्रदपश्चात रू.२२ करोड ८२ लाख २८ हजार पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस