aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

फर्स्ट माइक्रोफाइनान्सले बोनस शेयरसँगै नगद पनि दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ भदौ २०७७
फर्स्ट माइक्रोफाइनान्सले बोनस शेयरसँगै नगद पनि दिने

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीले बिहीवार नेपाल स्टक मार्फत सुचना जारी गर्दै गत वर्षको मुनाफाबाट ९ दशमलव ५० प्रतिशत बोनस शेयर र ४.१८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको जानकारी दिएको हो । 

कम्पनीको भदौ १० गतेको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ८० करोड ७ लाख ४१ हजार रुपैया रहेको छ । सोहि पूँजीको आधारमा कुल १३ दशमलव ८६ प्रतिशत लाभांश वितरण गर्ने तयारी कम्पनीको छ । 
 

प्रतिक्रिया दिनुहोस