
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले दुई सय प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने भदौ ११ गते बिहीवार अन्तिम दिन रहेको छ ।
कम्पनीले उक्त हकप्रद शेयर प्रयोजनका लागि भदौ १२ गते बुक क्लोज गर्ने भएकाले बिहीवारसम्म सुरक्षित गर्नुपर्ने भएको हो ।
कम्पनीले १ बराबर २ को अनुपातमा रू. ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट भदौ २ गते अनुमति पाएको छ । यो हकप्रद विक्री गर्न अनुमति माग्दै कम्पनीले गत फागुन २३ गते बोर्डमा निवेदन दर्ता गराएको थियो ।
हकप्रद विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १८ करोड १९ लाख ८० हजार रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले दुई सय प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस