
काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७६/७७ को प्रतिफल घोषणा गरेका छन् ।
योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको भदौ १० गतेको सञ्चालक समितिको बैठकले नबिल व्यालेन्स्ड फण्ड २ का इकाईधनीहरुलाई ९ प्रतिशत र नबिल इक्वीटी फण्डका इकाईधनीहरुलाई ले ६ प्रतिशत प्रतिफल दिने निर्णय गरेको हो ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले संचालन गरेका यी सामूहिक लगानी कोष योजनामध्ये नबिल ब्यालेन्स्ड फण्ड-२ ले एकाइधनीलाई ९ प्रतिशतका दरले कुल १० करोड ८ लाख रुपैयाँ नगद लाभांश दिने भएको छ। यो लाभांशमा करसमेत समावेश भएको छ ।
साथै, नबिल इक्विटी फण्डका एकाइधनीले पनि ६ प्रतिश नगद लाभांश पाउने कम्पनीले जानकारी दिएको छ। यसका लागि कोषले कुल ७ करोड ५० लाख रुपैयाँ वितरण गर्ने जनाएको छ ।
दुवै योजनामा दर्ता किताब बन्द ९बुक क्लोज० गर्ने सूचना दिएपछि सो अवधिसम्म कायम एकाइधनीले उक्त लाभांश पाउनेछन् ।
यो प्रतिफल प्रयोजनका लागि बुक क्लोजको मिति भने पछि प्रकाशित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस