aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
सेयर स्क्रिप

प्रतिफलका लागि नेपाल बैंकको लगानी उत्कृष्ठ, यस्तो छ अरु बैंकको अवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ भदौ २०७७
प्रतिफलका लागि नेपाल बैंकको लगानी उत्कृष्ठ, यस्तो छ अरु बैंकको अवस्था

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरू सो आर्थिक वर्षको लेखा परीक्षणको लागि जुटिरहेका छन् । कोभिड– १९ कारण  अघिल्लो वर्ष नाफामा निकै ठूलो संकुचन आएको अवस्थामा बैंकहरूले लगानीकर्तालाई उच्चतम प्रतिफल दिने र बैंकको वित्तीय सन्तुलनलाई समेत कायम राख्ने गरी लाभांश घोषणाको योजना समेत बनाएका छन् । 

तर, खुद नाफाको गिरावटसँगै ठूलो रकम नियामकीय रिर्जभमा छुट्याउनु परेपछि यो वर्ष बैंकहरूको लाभांश दर त्यति उत्साहजनक नहुने निश्चित भइसकेको छ । लेखा परीक्षण प्रतिवेदनमा हुने केही परिर्वतनलाई छाड्ने हो भने यो वर्ष बैंकहरूले बढीमा औसत ११ प्रतिशतमात्रै लाभांश दिन सक्ने छन् । 
लाभांशको हिसावले यो वर्ष नबिल बैंक सबैभन्दा अगाडि र सिभिल बैंक सबैभन्दा पछाडि छ । तर, त्यसो भन्दैमा सेयर बजारका लगानीकर्तालाई भने धेरै लाभांश क्षमतामात्रै बढी लाभदायक नहुन पनि सक्छ । बैंकहरूले दिन सक्ने लाभांशको दर र सो बैंकको सेयर स्क्रिपको बजार मूल्यका आधारमा त्यस्तो देखिएको हो ।  यसले सेयर बजारमा लगानी गर्दा लागनीकर्ता ध्यान दिनुपर्छ । 

कुन बैंकको प्रतिफल कति ?

सबै धेरै नाफा कमाउने राष्ट्रिय वाणिज्य बैंक, सबैभन्दा बढी वितरण योग्य नाफा भएको नबिल बैंकलगायतलाई पछि पार्दै यो वर्ष नेपाल बैंक बजार मूल्यका आधारमा उच्चतम लाभांश दिन सक्ने बैंकको रुपमा देखिएको छ । बिहीबारको अन्तिम कारोबारको आधारमा नेपाल बैंकको सेयरमा लगानी गर्नेले ६.७३ प्रतिशत प्रतिफल प्राप्त गर्न सक्ने देखिएको छ । 

सबैभन्दा कम प्रतिफल भने नेपाल इन्भेष्टमेन्ट बैंकको १.०८ प्रतिशत छ । अहिले नेपाल बैंकमा एक सय रुपैयाँ लगानी गर्नेले ६ रुपैयाँ ७३ पैसा प्रतिफल प्राप्त गर्छन् भने नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताले एक सय रुपैयाँ लागनी गर्दा १.०८ रुपैयाँ प्रतिफलमात्रे प्राप्त गर्न सक्छन् । 

बाँकी बैंकमध्ये लक्ष्मी बैंक, माछापुच्छे बैंक, सिटिजन बैंक, प्रभु बैंक, कुमारी बैंक र प्राइम कमर्शियल बैंकको प्रतिफल ४ देखि ५ प्रतिशतकोबीचमा छ । एनसीसी, मेगा, सानिमा, ग्लोबल आईएमई, नबिल ३ देखि ४ प्रतिशत र बाँकी बैंकहरूको २ देखि ३ प्रतिशत प्रतिफल रहने देखिएको छ । 
यो अहिले कुनै पनि बैंकको सेयरमा एक सय रुपैयाँ लगानी गर्नेहरूले कति प्रतिफल पाउँछन् भन्ने क्याल्कुलेशन हो । 

प्रतिक्रिया दिनुहोस