aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

स्यामसङ्ग मोबाईल किन्न एनएमबि बैंकले शुन्य प्रतिशत ब्याजमा ऋण दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ भदौ २०७७
स्यामसङ्ग मोबाईल किन्न एनएमबि बैंकले शुन्य प्रतिशत ब्याजमा ऋण दिने

काठमाडौं । एनएमबि बैंक र आईएमएसबीच मोबाईल फोनको खरीदमा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक–सेल्स एण्ड अपरेशन नारायण प्रसाद भुषालले हस्ताक्षर गरेका हुन् । 

यस अन्तर्गत एनएमबिका ग्राहकहरुले स्यामसङ्ग मोबाईलको आधिकारीक वितरक आईएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरुको खरीदमा ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत ९ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् ।

एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस