aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

महिला सहयात्रा लघुवित्तको लाभांश स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ भदौ २०७७
महिला सहयात्रा लघुवित्तको लाभांश स्वीकृत

काठमाडौं ।  महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको गत २०७६ चैत्र २२ गते हुने भनिएकोमा कोभिड १९ को कारण स्थगन भई शनिबार२०७७ भाद्र १३ गते सम्पन्न भएको हो ।

संस्थाको सभाले २०७५/०७६ को मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिमको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँको ७.५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर सहित १७.५ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै संस्थाको हालको अधिकृत पुँजी २० करोडमा बृद्धि गरी ४० करोड पु्याउने बिशेष प्रश्ताव समेत पारित गरेको छ । संस्थाको बोनस पश्चात चुक्ता पुँजी १३ कारोड ३१ लाख हुने छ । 

राष्ट्रिय स्तरको यस लघुवित्त संस्थाले ३४ वटा शाखा कार्यालयहरु मार्फत ३५,००० भन्दा बढी सदस्यहरुलाई लघु वित्त सेवा तथा ग्राहक सदस्यहरुलाई  स्वरोजगारका लागि लघुउद्यम तालिम प्रदान गर्दै महिला उद्ममशिलता विकासमा जोड दिदै  आएको छ । संस्थाले २०७७ असार सम्म ३३ करोड ४१ लाख निक्षेप परिचालन गर्नुका साथै १ अर्ब ४१ करोड कर्जा परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस