aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

तीन लघुवित्तले एकिकृत कारोबार सुरु गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ भदौ २०७७
तीन लघुवित्तले एकिकृत कारोबार सुरु गर्दै

काठमाडौं । तीन लघुवित्त कम्पनी एक भएर भदौ २२ गतेदेखि एकिकृत कारोबार सुरु गर्न लागेका छन् । 

जीवन विकास लघुवित्त , सल्भ लघुवित्त र गरिबी न्यूनिकरण लघुवित्तले मर्जर प्रकृया सम्पन्न गरी एकिकृत कारोबार सुरु गर्न लागेका हुन । एकिकृत कारोबार भने जीवन विकास लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ ।

तीन वटै कम्पनीहरुले मर्जर सम्बन्धि प्रस्ताव छुट्टाछुट्टै विशेष साधारण सभाबाट पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले साउन २६ गते मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेसँगै यी कम्पनीहरुले एकिकृत कारोबार सुरु गर्न लागेका हुन । भदौ २२ गतेदेखि एकिकृत कारोबार गर्न लागेका तीनवटै कम्पनीहरुको डाटा माइग्रेसन प्रयोजनका लागि भदौ १९, २० र २१ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द हुने समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस