aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

सनराइज फर्स्टको प्रति इकाई खुद सम्पत्ति मूल्य बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ भदौ २०७७
सनराइज फर्स्टको प्रति इकाई खुद सम्पत्ति मूल्य बढ्यो

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फर्स्ट म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य बढेको छ । गत असार मसान्तसम्म रू. १० दशमलव ९८ रहेको प्रतिइकाई खुद सम्पत्ति मूल्य साउन मसान्तमा रू. ११ दशमलव २० कायम भएको हो । यस योजनाले रू. ८ करोड ६० लाख बराबरको इकाई विक्री गरेको थियो । 

असारको तुलनामा योजनाको कुल सम्पत्ति पनि बढेको छ । असारमा रू. ९४ करोड ३८ लाख ६९ हजार रहेको कुल सम्पत्ति रकम साउनमा रू. ९६ करोड ४४ लाख ९३ हजार पुगेको छ । साउन मसान्तसम्म यस योजनाको नाफा रू. १ करोड ९० लाख ६४ हजार छ । यो नाफा असार मसान्तसम्म रू. ८ करोड ३८ लाख ६९ हजार थियो । असार महिनाको तुलनामा साउनमा योजनाको नाफामा कमि आएको छ । साउनमा असारको तुलनामा आम्दानीमा कमि आएसँगै नाफामा कमि आएको हो । असार महिनामा रू. १० करोड २४ लाख ५१ हजार कुल आम्दानी गरेको योजनाले साउनमा भने रू. २ करोड ८ लाख ४८ हजार कुल आम्दानी गरेको हो । 

योजनाले धितोपत्र तथा अन्य क्षेत्रमा गरेको लगानीमूल्य भने असारको तुलनामा साउनमा बढी भएको छ । असार महिनामा रू. ५३ करोड १७ लाख ५० हजार रहेको धितोपत्र तथा अन्य क्षेत्रको लगानी मूल्य साउन महिनामा भने रू. ६४ करोड ७३ लाख २६ हजार पुगेको हो । यस अवधिसम्म योजनाले ब्रोकर कमिसन सहित धितोपत्रमा गरेको लगानीको परल मूल्य रू. ४८ करोड ७ लाख ७३ हजार छ । धितोपत्रको लगानीको परल मूल्य भन्दा बजारमूल्य बढीनै कायम भएको छ ।

यस योजनाले सूचीकृत कम्पनीहरुको ११ लाख २८ हजार ५७१ कित्ता शेयरमा गरेको लगानीमूल्य साउन मसान्तसम्म रू. ४२ करोड ४० लाख ७० हजार रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस