aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

ईन्द्रजात्रामा सानिमा बैंकको 'क्यूआर कोड' योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
ईन्द्रजात्रामा सानिमा बैंकको 'क्यूआर कोड' योजना

काठमाडौं । ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले ल्याएको छ “ईन्द्रजात्रा क्यूआर कोड'' को यात्रा” योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले काठमाडौं उपत्यकाको विशेष जात्रा ईन्द्रजात्राको दिन डिजिटल कन्ट्याक्टलेस भुक्तानीका लागि आवेदन दिँदा ५०० रुपैयाँ बराबरको मोबाइल टपअप उपहार स्वरुप पाउन सकिने बैंकले जनाएको छ । 

यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाता वाहकहरुले घरैबाट रजिष्ट्रेसन गर्न सकिनेछ । जसका लागि https//login.fonepay.com/#/signupज मा गई आवश्यक विवरणहरु बुझाएपछि  यो योजनामा सहभागी हुन सकिन्छ । 

 यसैगरी बैंकमा खाता नहुनेहरुले पनि यो योजनामा सहभागी हुनका लागि https//login.fonepay.com/#/signup मा आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोलेर क्यूआर कोड मर्चेन्ट बन्नको लागि निवेदन पेश गर्नुपर्ने छ  ।

 यसरी सहभागी भएका क्यूआर मर्चेन्टले बैंकको तर्फबाट ५०० रुपैयाँको मोबाइल टपअप प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । यो योजना भाद्र १६ गते ईन्द्रजात्राको दिन काठमाडौं उपत्यकाको लागि मात्र लागू हुनेछ । 

प्रतिक्रिया दिनुहोस