aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यसरी चिन्नुहोस नक्कली नोट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ जेठ २०७६
यसरी चिन्नुहोस नक्कली नोट

काठमाडौं । बजारमा नक्कली नोट बरामद गरिएको समाचार बेला बेला आउँछ । सक्कलीजस्तै दुरुस्तै हुने ति नोट सामान्यतया चिन्नै गाह्रो पर्छ । अब भने सजिलै चिन्न सकिने भएको छ । राष्ट्र बैंकले नोटका विशेषता सार्वजनिक गरेको छ । सक्कली र नक्कली नोटबारे छुट्याउन सजिलो होस् भन्दै राष्ट्र बैंकले एक सय, पाँच सय र एक हजार दरका नोटका विशेषता सार्वजनिक गरेको हो । 

तीनवटै नोट नक्कली वा सक्कली भनेर चिन्न सबैभन्दा पहिला उज्यालो प्रकाशतिर राखेर हेर्ने । जहाँ सक्कली नोटमा लालीगुराँसको आकृति स्पष्ट देखिन्छ । उक्त लालीगुराँसको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममा नै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गर्भनरको दस्तखत भएको भाग) रहेको हुन्छ । 

एक हजारको नोटमा पृष्ठभाग (एकवटा हात्ती) भएको भाग दुवैतर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिने राष्ट्र बैंकले जनाएको छ । नोट चिन्ने तरिका सार्वजनिक गरेको राष्ट्र बैंकले यसलाई बजारमा नक्कली नोट भेटिएकाले सक्कली नोटका विशेषता सार्वजनिक गरिएको रुपमा नबुझ्न आग्रह गरेको छ । 


 

प्रतिक्रिया दिनुहोस