aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

१ महिनामा २५ अर्ब कर्जा प्रवाह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ भदौ २०७७
१ महिनामा २५ अर्ब कर्जा प्रवाह

काठमाडौं । वाणिज्य बैंकहरूले १ महिनामा २५ अर्ब कर्जा प्रवाह गरेका छन् । बैंकहरूले चालु आवको साउन ४ गतेदेखि भदौ ५ गतेसम्म २५ अर्ब कर्जा प्रवाह गरेका हुन् । २७ वटा वाणिज्य बैंकले साउन ४ गतेसम्म कुल २८ खर्ब ६७ अर्ब कर्जा प्रवाह गरेकामा भदौ ४ गतेसम्म कर्जा प्रवाह बढाएर २८ खर्ब ६२ अर्ब पुर्याएको तथ्यांक नेपाल बैकर्स संघले जानकारी दिएको छ ।

साउन ४ देखि ३० गतेसम्म बैंकहरूले ११ अर्ब रुपैयाँमात्र कर्जा गरेका थिए । साउन बाँकी दुई दिन र भदौ ५ गतेसम्मको ७ दिनको अवधिमा १४ अर्ब कर्जा प्रवाह भएको हो । पछिल्लो ७ दिनमा दैनिक २ अर्बका दरले कर्जा प्रवाह भइरहेको तथ्यांक संघले पठाएको छ । असारमसान्तमा वाणिज्य बैंकमा २९ खर्ब ३ अर्ब कर्जा प्रवाह गरेका थिए । बैंकहरूले निषेधाज्ञाकैबीच यो कर्जा लगानी गरेका हुन् । 
निक्षेप टन्न थुपारेर बसेका बैंकहरू पछिल्लो समय कर्जाको डिमाण्ड बढ्न थालेपछि अब उत्साहित हुनेछन् । हाल बैंकहरूमा दुई खर्बभन्दा बढी निक्षेप थुप्रिएको छ । 

साउन ४ देखि भदौ ५ गतेसम्मको अवधिमा २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । साउन ३० गतेसम्म १७ अर्ब निक्षेप संकलन भएको छ भने त्यसयताको सात दिनमा ५ अर्ब निक्षेप संकलन भएको संघले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस