aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

लक्ष्मी बैंकको अध्यक्षमा सीआईटीका कार्यकारी निर्देशक नेपाल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ भदौ २०७७
लक्ष्मी बैंकको अध्यक्षमा सीआईटीका कार्यकारी निर्देशक नेपाल नियुक्त

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिको आज सम्पन्न बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरिएको हो । नवनियुक्त अध्यक्ष नेपालले आजै नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष विद्युतीय माध्यम (अनलाइन) बाट अध्यक्ष पदको सपथ लिएका छन् ।  

अध्यक्ष नेपालले बैंकको संस्थापक सेयरधनी नागरिक लगानी कोषको तर्फबाट २०७५ फाल्गुणदेखि बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पुरा गरी निर्देशकको पदबाट सेवानिवृत्त हुनुभएका अध्यक्ष नेपाल हाल नागरिक लगानी कोष (सीआईटी) मा कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् । 
 

प्रतिक्रिया दिनुहोस